ला लिगाको अंक तालिका हेर्नुहोस

स्पेनिस लिग ला लिगा अन्तर्गत पहिलो साताको सबै खेल समाप्त भए संगै अंक तालिकामा रियल म्याड्रिड शीर्ष स्थानमा रहेको छ ।

पहिलो खेलमा सेल्टा डि भिगो बिरुद्ध ३-१ को उत्कृष्ट जित निकाल्दै रियल शीर्ष स्थानमा रहन सफल भएको हो ।

दोस्रो स्थानमा भने सेभिल्ला रहेको छ । सेभिल्लाले इस्पानयोल बिरुद्ध २-० को जित हात पारेको थियो ।

तेस्रो स्थानमा मालोर्का छ भने चौथौ स्थानमा रियल भालादोलिड रहेको छ । त्यसै गरि एथ्लेटिक बिल्बाओ पाँचौ स्थानमा रहेको छ ।

छैठौं स्थानमा एलेटिको म्याड्रिड रहेको छ । हिजो राती भएको खेलमा एलेटिको म्याड्रिडले गेटाफे बिरुद्ध १-० को जित हासिल गरेको थियो ।

नयाँ सिजनको सुरुवाती खेल खेलेको बार्सिलोना भने १७ औं स्थानमा रहेको छ । पहिलो खेलमा बार्सिलोना एथ्लेटिक बिल्बाओसंग १-० ले हारेको थियो ।

ला लिगाको पुरा अंक तालिका हेर्नुहोस: