ला लिगाका तीन खेलाडीमा पनि कोरोनाभाइरस पोजिटिभ देखियो

स्पेनिस ला लिगा जुन २० बाट सुरु हुने सम्भावना बढेको छ । ला लिगा क्लब लिगानेसका प्रशिक्षक जेवियर अगुईरीले ला लिगाजुन २० बाट पुनः शुरु गर्ने योजनामा रहेको बताएका छन् ।

प्रशिक्षक अगुईरीले कोरोना भाईरसको महामारीलाई चिर्दै ला लिगा जुनको २० तारिखबाट सूचारु हुन सक्ने बताएका हुन् ।

गत मार्चमा स्थगित भएको ला लिगाका अधिकांश क्लबहरु अहिले प्रि सिजनको रुपमा मैदानमा प्रशिक्षण होमिइसकेको छन् ।

तर, यता फुटबल सुचारु गर्ने लक्ष्यसहित स्पेनिस लिगको खेलाडीहरुमा गरिएको कोरोना परीक्षणमा पाँच खेलाडीलाई कोरोना संक्रमण देखिएको छ ।

ला लिगाका ३ र दोस्रो श्रेणी लिगका २ खेलाडीमा संक्रमण पक्का भएको बताइएको छ । तर, कुन खेलाडीलाई कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको भन्ने खुलाएको छैन ।

खेलाडीमा नै संक्रमण देखिएपछि लिग चाडै सुचारु हुने सम्भावना केहि कम रहेको समेत बताउन थालिएको छ ।

यसअघि ला लिगाका अध्यक्ष जेवियर टेबासले समेत गत महिना रोक्किएको लिगका बाँकी खेहरु मेको मध्य अथवा जुनबाट सुरु हुन सक्ने धारणा ब्यक्त गरेका थिए । ला लिगाको अंक तालिकामा बार्सिलोना दोश्रो स्थानको रियाल मड्रिडभन्दा २ अंकले अघि छ ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ