ला लिगाका खेलाडीहरु द्वारा लिग बहिस्कार गर्ने चेतावनी

ला-लीगाका यो सिजनका शिर्ष खेल अमेरिकामा गराउने निर्णय गरेपछि रियल मड्रिडका कप्तान सर्जियो रामोस र बार्सिलोनाका उपकप्तान सर्जियो बुस्केटले ला—लीगाका खेलाडीसँग छलफल गर्ने भएका छन् ।

ला लिगाले अमेरिकी मिडिया कम्पनी रेलेभेन्टसँग ला लिगाका प्रमुख खेलहरु अमेरिका गराउने सहमति गरेलगत्तै कप्तानहरुको बैठक बसेर आपत्ति जनाएका हुन् । बैठकमा रियल मड्रिडका सर्जिओ रामोस, बार्सिलोनाका बुस्केट पनि थिए ।

स्पेनिस खेलाडीहरुको संगठन एएफइले ला—लीगाले निर्णय गर्दा खेलाडीसँग परामर्श नगरेको आरोप लगाएको छ । एएफइले सार्वजनिक गरेको वक्तव्यमा ला—लीगाले गरेको निर्णयमा एक पटक पुनः खेलाडीलाई कमजोर पारिएको बताइएको छ ।

स्पेनिस फुटबलको विकासमा ला—लीगाको निर्णयमा एएफइ विश्वस्त रहेको उल्लेख गरेको छ । “तर, हाम्रो माग सन्तुलित हुनुपर्छ भन्ने हो,” एएफइले भनेको छ, “फुटबलको विकास गर्दै अगाडि बढ्ने हो भने खेलाडीविरुद्ध यो निर्णय किन गरियो ?”