“लालिगा अझै क्रिस्टियानो रोनाल्डोको कमी महसुस गर्दै छ”

बार्सिलोनाका लेजेण्ड जावीको विश्वास छ कि रियल म्याड्रिड अझै क्रिस्टियानो रोनाल्डो को कमी महसुस गर्दै छन्।

रोनाल्डोले १८ महिना अघि रियल छोडेका थिए र युभेन्टसमा गएका थिए, जहाँ उनले युभेको साथ धेरै जितेका छन् र धेरै सिरी ए रेकर्ड पनि तोडेका छन्।

हालका अल सादका कोच जावीले भने: “स्पष्ट रूपमा त्यस्तो खेलाडीको ला लिगामा कमी महसुस हुने छ।

“उनले एक बर्षमा ४० देखि ५० गोल गर्छन, तर रियल म्याड्रिड अझै पनि पनि बलियो छ।

“रियलमा अझै पनि उत्कृष्ट खेलाडीहरु छन्”