लालिगाका स्टार स्ट्राइकर साइन गर्न वोल्भ्स र आर्सेनल बीच प्रतिस्पर्धा

वोल्भ्स र आर्सेनल लालिगाका स्टार स्ट्राइकर साइन गर्न इच्छुक रहेको खबर छ। खबर अनुसार भ्यालेन्सियाका मक्सी गोमेज साइन गर्न दुई प्रिमियर लिग क्लब बीच प्रतिस्पर्धा हुन सक्ने छ।

डेली मेलका अनुसार आर्सेनलले पनि मक्सी गोमेज माथि आफ्नो चासो स्पष्ट गरेको छ उनि धेरै समय देखि वोल्भ्सका मुख्य लक्ष्य मध्ये एक रहेका थिए र अब उनलाई साइन गर्ने दौडमा आर्सेनल पनि सामेल हुने खबर छ।

मक्सी गोमेजको प्रदर्शन भ्यालेन्सियाम राम्रो रहेको छ भने राउल जिमेनेज चोटग्रसित भए पछि वोल्भ्सले उनलाई साइन गर्ने योजना बनाएको थियो।

उनको हाल रिलिज क्लज £१२५ मिलियन रहेको छ। यद्यपि,भ्यालेन्सियाका मालिक पीटर लिम उचित शुल्कको प्रस्ताव आए उनलाई अर्को महिना बेच्नको लागि तयार हुने खबर छ।