लाम्पार्डको चेल्सी बराबरीमा रोकियो, जितको लागि अझै पर्खनु पर्ने

आइतबार राति भएको प्रिमियर लिग खेलमा चेल्सी बराबरीमा रोकिएको छ। घरेलु मैदानमा भएको खेलमा चेल्सी लेस्टर सिटीसँग १-१ को बराबरीमा रोकिएको हो ।

खेलको सुरुमै अग्रता चेल्सीले लिएको थियो। ७ औँ मिनेटमा मेसन माउन्टले गोल गरेर टिमलाई १-० को अग्रता दिलाएका हो। लेस्टरले दोस्रो हाफमा बराबरी गोल गरे। ६७ औँ मिनेटमा एनडिडीले गोल गर्दै १-१ मा पुराए।

खेलमा अरू थप गोल हुन् सकेन्। बराबरीपछि चेल्सीले लिगमा पहिलो अंक जोडेको छ।

प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको अन्य खेलमा शेफिल्ड युनाइटेडले क्रिष्टल प्यालेसलाई पराजित गरेको छ । शेफिल्डले क्रिष्टला प्यालेसलाई १-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा शेफिल्डको जितमा ४७ औँ मिनेटमा जोन लुण्डस्ट्रोमले गोल गरेका हुन् ।