लाम्पार्डको चेल्सीको इभर्टनबिरुद्ध लज्जास्पद हार

इङलिस प्रेमिएर लिग अन्तर्गत आज सनिबार भएको खेलमा इभर्टनले चेल्सीमाथी रोमान्चक जित दर्ता गर्न सफल भएको छ ।

खेलमा इभर्टनले ५ औं मिनेटमा रिचार्लिसनको गोल मार्फत अग्रता लियो ।

दोस्रो हाफ सुरु भएको ४ मिनेटमै क्याल्भर्ट लेविनले गोल गर्दै इभर्टनले अग्रता दोब्बर बनायो ।

५२ औं मिनेटमा चेल्सीका कोभासिकले गोल गर्दै खेल २-१ मा ल्यायो ।

८४ औं मिनेटमा क्याल्भर्ट लेविनले फेरि गोल गर्दै इभर्टनलाइ ३-१ को उत्कृष्ट जित दिलायो ।

जितसंगै इभर्टन १४ औं स्थानमा उक्लेको छ भने चेल्सी चौथौ स्थानमा रहेको छ ।