लाम्पाडको चेल्सीमाथी म्यान्चेस्टर युनाइटेडको उत्कृष्ट जित

इङलिस प्रेमिएर लिग अन्तर्गत आइतबार राती भएको खेलमा म्यान्चेस्टर युनाइटेडले चेल्सी माथी ४-० को जित हात पारेको छ ।

ओल्ड त्राफोडमा भएको खेलमा म्यान्चेस्टर युनाइटेडले १८ औं मिनेटमा रासफोडको पेनाल्टी मार्फत अग्रता लिएको थियो ।

त्यसपछि दोस्रो हाफको ६५ मिनेटमा पेरेराको क्रसमा मार्सियालले गोल गर्दै युनाइटेडलाई अग्रता दोब्बर दिलायो ।

६७ मिनेटमा फेरि मार्कोस रासफोडले ब्यक्तिगत दोस्रो र टिमलाई तेस्रो गोल गरे ।

८१ औं मिनेटमा पोग्बाको उत्कृष्ट पासमा जेम्सले गोल गर्दै युनाइटेडलाई ४-० को जित दिलायो ।

चेल्सीका नयाँ प्रशिक्षक लाम्पाडले आफ्नो पहिलोमा लज्जास्पद हार बेहोर्नुपरेको हो ।