लापोर्टाको बयानबाट आफुलाई चोट परेको मेस्सीको भनाइ

एजेन्सी, स्पेनिश क्लब बर्सिलोनाका अध्यक्ष जोआन लापोर्टाको बयानबाट आफुलाई चोट परेको क्लबका पुर्व खेलाडी मेस्सीले भनेका छन्। रिपोर्टका अनुसार आफुलाई क्लबका लागि नि:शुल्क खेल्न कहिल्यै अनुरोध नगरिएको उनको दावी छ। 

लापोर्टाले मेस्सीले क्लबबाट आफ्नो साप्ताहिक पारिश्रमिक नलिएका भए उनी अझै बार्सिलोनामा नै रहने जनाएका थिए। मेस्सीले भने उनलाई क्लबका लागि नि:शुल्क खेल्न कहिल्यै अनुरोध नगरिएको भनेका छन्।