लाउटारो मार्टिनेज साइन गर्न म्यान्चेस्टर युनाइटेड र रियल म्याड्रिडले बार्सा संग प्रतिस्पर्धा गर्ने

म्यानचेस्टर युनाइटेड र रियलको नजर इन्टर मिलानका स्टार स्ट्राइकर लाउटारो मार्टिनेजमा रहेको खबर छ।

मार्काका अनुसार युनाइटेड र रियाल म्याड्रिडले लाउतोरो मार्टिनेजको अनुगमन गरिरहेका छन् र बार्सिलोना र इन्टर मिलानबीच वार्तामा कुनै ठेस आए फाइदा लिने दुबै क्लबको योजना रहेको छ।

२२ वर्षका मार्टिनेजको इटालियन क्लब छोड्ने नियत देखिन्छ, व्यक्तिगत सर्तहरूमा बार्सा संग सहमत भएको कुरा भए पनि इन्टर र बार्सा सम्झौतमा पुग्न असफल भएको छ ।

बार्साले मार्टिनेजको लागि इन्टरले माग गरेको £९९ मिलियन तिर्न नसक्ने जस्तो देखेको छ भने म्यान्चेस्टर युनाइटेड र रियल म्याड्रिडले यो अवस्थाको फाइदा लिन सक्ने खबर छ।