
बार्सिलोना र इन्टर मिलान बीच लाउटारो मार्टिनेजको लागि सम्झौता छलफल जारी छ।
लाउटारोले आफु बार्सामा जान चाहेको स्पष्ट गरेका छन।
बार्साले लाउटारो मार्टिनेज साइन गर्न इन्टरलाई आर्टुरो विडाल दिने प्रस्ताव राखेको थियो जुन इन्टरले अस्वीकार गरेको ।
मार्काका अनुसार बार्सिलोना आफ्नो खेलाडी दिएर उक्त खेलाडीको मूल्य घटाउन चाहन्।
इन्टरले मार्टिनेजको लागि €१११ मिलियन माग गर्दै आएको ।
तर बार्सिलोना ठुलो रकम खर्च गर्न तयार छैनन् र उक्त खेलाडीलाई बार्साले लुइस सुआरेजको दीर्घकालीन प्रतिस्थापनको रूपमा हेरेका छन् ।
खबर छ कि इन्टरले बार्सा संग नेल्सन सेमेडो र जूनियर फिर्पोको माग गर्दै छ।