ललितपुर सिटि एफसी र एफसी चितवन पहिलो हाफ बराबरीमा

काठमाडौं, नेपाल सुपर लिग अन्तर्गत आजको खेलमा ललितपुर सिटि एफसी र एफसी चितवन बिचको खेल पहिलो हाफ बराबरीमा सकेको छ।

त्रिपुरेश्वोर स्थित दशरथ रंगशालामा हुँदै गर्दा पहिलो हाफ गोलविहिन भएको हो।

खेलको सुरुवाती समयमा अन्जन बिस्टको गोललाई रेफ्रिले अफसाइड दिदा अग्रता लिनबाट चुके।

खेल अवधीभर ललितपुरले दबाब बनाए। एन्जनले खेलको ४१ औं मिनेटमा किरणको गल्तीको फाइदा एन्जनले उठाउन सकेनन्। उन्को प्रहारलाई डिफेन्सले गोललाइनबाट क्लियर गरिदिए।

किरणले एन्जनलाई धकेले पछि खेलको ४३ औं मिनेटमा ललितपुरले पेनाल्टीको अवसर पायो। तर नुर्लान पेनाल्टीमा चुक्दा पहिलो हाफ गोल रहित बन्न पुग्यो।