ललितपुर सिटि एफसी अझै जितविहिन

काठमाडौं, नेपाल सुपर लिग अन्तर्गत आजको खेलमा ललितपुर सिटि एफसी र एफसी चितवन बिचको खेल पहिलो हाफ बराबरीमा सकेको छ।

त्रिपुरेश्वोर स्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफ गोलविहिन भएको हो।

खेलको सुरुवाती समयमा अन्जन बिस्टको गोललाई रेफ्रिले अफसाइड दिदा अग्रता लिनबाट चुके।

खेल अवधीभर ललितपुरले दबाब बनाए। एन्जनले खेलको ४१ औं मिनेटमा किरणको गल्तीको फाइदा एन्जनले उठाउन सकेनन्। उन्को प्रहारलाई डिफेन्सले गोललाइनबाट क्लियर गरिदिए।

किरणले एन्जनलाई धकेले पछि खेलको ४३ औं मिनेटमा ललितपुरले पेनाल्टीको अवसर पायो। तर नुर्लान पेनाल्टीमा चुक्दा पहिलो हाफ गोल रहित बन्न पुग्यो।

दोश्रो हाफ प्रतिस्पर्धात्मक बनेको खेलमा धनगदिले खेलको ७२ औ मिनेटमा ओलावालेको गोलमा अग्रता लिए। कर्नरबाट आएको बललाई ललितपुरका गोलरक्षक अर्पन कार्कीले पन्च गर्दै बाहिर पठाए। तर धनगढिको खेलाडीको खुट्टामा बल पुग्दै ओलावालेले हेडर मर्फत गोल गरे।

बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका रन्जन बिस्टले मैदान उत्रिएको केही मिनेटमै गोल गरे।

ललितपुर सिटिले एफसीले तीन खेल खेल्दा २ अंक जोडे। त्येस्तै धनगढिले तीन खेल खेल्दा ४ अंक जोडेको छ।