लयमा फर्कियो लिभरपुल

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले सहज जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा लिभरपुलले टोटेनहमलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

टोटेनहमको मैदानमा लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिन्हो, ट्रेन्ट एलेक्स्जेन्डर आर्नोल्ड र साडियो मानेले एक एक गोल गरे ।

टोटेनहमका पिएरे इमिलले एक गोल फर्काए ।

रोमान्चक बनेको खेलको तेस्रो मिनेटमा सन ह्युङ मिनले गोल गरेका थिए । तर, भीएआर प्रविधिको सहायताबाट रेफ्रीले अफसाइट देखाउदा टोटेनहम अग्रता बनाउन चुकेको थियो ।

पहिलो हाफको इन्जुरी समयमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलाए ।

खेलको ४७ औं मिनेटमा आर्नोल्डले गोल गर्दा लिभरपुल २-० ले अघि रह्यो ।

४९ औं मिनेटमा इमिलले गोल गर्दै टोटेनहमलाई २-१ को स्थितिमा ल्याए ।

खेलको ५६ औं मिनेटमा मोहमद सलाहले गोल गरेका थिए । तर, उनको गोलले मान्यता पाएँन् ।

त्यसपछि खेलको ६५ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई ३-१ को जित दिलाए ।

जितसंगै लिभरपुल तालिकाको चौंथो स्थानमा उक्लिएको छ ।

लिभरपुलले २० खेलमा ३७ अंक जोडेको छ ।

टोटेनहमको ३३ अनक रहेको छ ।

टोटेनहम छैटौं स्थानमा उक्लिएको छ ।