इङलिस प्रेमिएर लिग अन्तर्गत बिहिबार राती भएको खेलमा चेल्सी लन्डन डर्बीमा पराजित भएको छ ।
फुल्ह्यामबिरुद्ध क्र्याभेन कटेजमा भएको खेलमा चेल्सी २-१ ले पराजित भएको हो ।
फुल्ह्यामलाई जित दिलाउन चेल्सीका पुर्व खेलाडी विलियन र कार्लोस भिनिसियसले एक एक गोल गरेका थिए भने चेल्सीका लागि कौलिबालीले एक गोल गरे ।
चेल्सीका नयाँ खेलाडी जोओ फेलिक्सले डेब्यु खेलमै रातो कार्ड खादै मैदान छोड्नु परेको थियो ।
एट्केटिको म्याड्रीडबाट यसै सिजनसम्मको लागि लोनमा चेल्सी आएका उनले ५८ औं मिनेटमा फुल्ह्यामका केनि टेटआई नराम्रो फौल गरेपछि सिधै रातो कार्ड पाएका थिए ।
यस हारसंगै चेल्सी दशौ स्थानमा यथावत रहेको छ भने फुल्ह्याम छैठौं स्थानमा उक्लिएको छ ।