लण्डनको ग्यांग ओजिल र कोलासिनेकको पछि – दुबै खेलाडी अनिश्चित कालको लागि मैदान बाहिर

आर्सनलका स्टार ओजिल र कोलासिनेकको सुरक्षामा लण्डन पुलिस कडाई गरेको छ।

प्रिमियर लिग खेल्ने दुईजना फुटबल खेलाडीहरूमाथि लण्डनको सडकमा हतियार बोकेको एक समूहले लुटपाटको प्रयास गरेको थियो र उक्त लुटेराहरु संग कोलासिनेकले प्रतिरक्षा गर्न खोजेको थियो।

उक्त घटना धेरै भाइरल भए पछी दुइ खेलाडीको सुरक्षामा झन् चुनौती बढेको छ र खबर अनुसार उक्त ग्यांग ति खेलाडीहरुको पछी परेका छन्। उक्त घटना पछी दुबै खेलाडीले खेल खेलेको छैन। खबर छ कि ओजिल र कोलासिनेकलाई उक्त ग्यांगले ज्यान मार्ने धम्की दिएको छ र पुलिसले दुइ खेलाडीलाई २४ घण्टा सुरक्षामा राखेको छ।
आर्सनलका कोच एमेरीले ओजिल र कोलासिनेकको मानसिक स्वास्थ्य र सुरक्षाको लागि उक्त खेलाडीलाई नाखेलाएको जानकारी दिए।

ओजिल र कोलासिनेक फेरी मैदान कहिले फर्किनेमा केहि पुष्टिकरण भएको छैन र आर्सनल कोचले उक्त खेलाडीहरुलाई सुरक्षाको कारण अनिश्चित कालको लागि मैदान बाहिर राख्ने बताए।