म्यान्चेस्टर युनाइटेडको लज्जास्पद हार

इङलिस प्रेमिएर लिग क्लब म्यान्चेस्टर युनाइटेडले प्री सिजन मैत्रीपुर्ण खेलमा हार बेहोरेको छ ।

इएफएल लिग टु क्लब रेक्सह्यामबिरुद्ध ३-१ गोल अन्तरले पराजित भएको हो ।

युवा टोलि खेलाएको युनाइटेडले २९ औं मिनेटमा १-० ले पछि पर्न पुगेको थियो ।

३६ औं मिनेटमा फेरि अर्को गोल खादै युनाइटेड २-० ले पछि रह्यो ।

त्यस्तै पहिलो हाफको अन्तिम समयमा म्यान्चेस्टर युनाइटेडका डिफेन्डर जुराडोले गोल गर्दै २-१ बनाएको थियो ।

४७ औं मिनेटमा युनाइटेडका गोरेले रातो कार्ड खादै १० खेलाडीमा सिमित रहन पुग्यो ।

६९ औं मिनेटमा फेरि रेक्सह्यामले गोल गर्दै युनाइटेडबिरुद्ध ३-१ को जित सुनिस्चित गर्‍यो ।

रेक्सह्याम गत सिजन मात्र नेसनल लिगबाट बदुवा भएर इएफएल लिग टुमा चडेको हो ।