लज्जास्पद हार पछि बार्सिलोना युरोपा लिगमा घटुवा

च्याम्पियन्स लिग अन्तर्गत बुधबार राती भएको समूह चरणको अन्तिम खेलमा बार्सिलोनाले बार्यन म्युनिकबिरुद्ध लज्जास्पद हार बेहोर्दै युरोपा लिगमा घटुवा भएको छ ।

बार्यनको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना ३-० को पराजित भयो ।

खेलमा बार्यनका लागि मुलर, साने र मुसियालाले एक एक गोल गर्दै बार्यन म्युनिकलाई जित दिलाएको हो ।

बार्सिलोनाले जित अथवा एउटै समुहको अर्को खेलमा बेन्फिकाले डिनोमो किएभबिरुद्ध हारे बार्सा अर्को चरणमा पुग्ने थियो । तर, अर्को खेलमा बेन्फिकाले २-० को जित निकाल्दै दोस्रो स्थान पक्का गर्दै अर्को चरणको यात्रा तय गरेको छ ।