बार्सिलोनाका फ्यानहरू च्याम्पियन्स लिगमा पिएसजी विरुद्ध ४-१को हार पछि धेरै आक्रोशित थिए भने खेलको अन्त्य पछि क्लबमा कोच रोनाल्ड कोम्यानको व्यवहारको भिडियो देखे पछि फ्यानहरू झन् क्रोधित भएका छन्।
— Juan Arango.. NO sugarcoating or cheerleading here (@JuanG_Arango) February 16, 2021
बार्साले खेल ४-१ले हारेको थियो र खेलाडीहरू खेल पछि असन्तुष्ट र दु: खी देखिन्थे तर क्लबका कोच कोम्यानले पिएसजीका खेलाडी इद्रिसा गुए देखे पछि उनी सँग हाँस्दै अँगालो हाल्न गए र सो भिडियो हाल भाइरल भए पछि बार्सा फ्यानहरू खुसी छैनन्।
Wow! #Koeman laughing and joking at the end of that hammering.
That’s not the #Barca way. #BARPSG pic.twitter.com/TIRyJiCcq3
— Gordon Fraser (@Willsandbells) February 16, 2021
सामाजिक सञ्जालमा हाल कोम्यानको आलोचना हुँदै छ भने धेरैले उनी प्रति बार्साको लागि माया नरहेको आरोप लगाए भने लज्जास्पद हार पछि पनि विपक्षी टोलीका खेलाडी सँग हाँस्दै गरेको लाजमर्दो रहेको लेखे।
Ronald Koeman after his team conceded 4 goals at home… pic.twitter.com/KOM6632QQb
— Barça Universal (@BarcaUniversal) February 16, 2021
दुवै कोम्यान र इद्रिसा गुए २०१६मा एभरटनमा थिए र सो कारण दुई बिच राम्रो सम्बन्ध रहेको कारण कोम्यानले उनी सँग अँगालो हालेको भनेर केही फ्यानहरुले उनको पक्षमा बोले पनि कोम्यानको व्यवहार अनुपयुक्त रहेको धेरैको विश्वास छ।