लज्जास्पद हारसंगै बोरुसिया डर्ट्मुन्ड घरेलु मैदानमा चकित

बुन्डेसलिगामा बोरुसिया डर्टमुन्डले घरेलु मैदानमै लज्जास्पद हार बेहोरेको छ ।

बोरुसिया डर्टमुन्डले घरेलु मैदानमा भिएफबी स्टुटगार्टसँग ५–१ को लज्जास्पद हार बेहोरेको छ । चोटका कारण एर्लिङ हालान्डको अनुपस्थितिमा खेलमा डर्टमुन्ड कमजोर सावित भयो ।

डर्टमुन्डलाई फराकिलो हार चखाउन स्टुटगार्टका सिलास वामांगीटुका फुन्डुले दुई तथा फिलिप फोर्सटर, टांगी काउलेवेली र निकोलस गोन्जालेजले गोल गरे । डर्टमुन्डका जियोभानी रेनाले एक गोल फर्काए । उनको एक गोलले भिएआरबाट मान्यता पाएन ।

यो हारसँगै डर्टमुन्ड १९ अंक जोडेर पाँचौ स्थानमा झर्दा स्टुटगार्ट १७ अंक जोड्दै सातौ स्थानमा रहेको छ ।