२०२२को विश्व कप अगाडी, यो वर्षको विश्व कप अर्जेन्टिनाले जित्छ भनेर प्रसिद्ध भिडियो गेम निर्माता इए स्पोर्ट्सले भविष्यवाणी सार्वजनिक गरेको थियो र आइतबार भएको फाइनल खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पराजित गर्दै उपाधि जिते पछि इए स्पोर्ट्सको भविष्यवाणी सफल भएको छ।
🇪🇸✅ 2010
🇩🇪✅ 2014
🇫🇷✅ 2018
🇦🇷❓ 2022EA SPORTS has got it right since 2010 👀 See how the FIFA World Cup played out in the #FIFA23 simulation and have your say 🏆 https://t.co/rQ24tEwrTg pic.twitter.com/EuiyhQnPQI
— EA SPORTS FIFA (@EASPORTSFIFA) November 8, 2022
विश्व कपमा इए स्पोर्ट्सको भविष्यवाणी सफल भएको यो पहिलो पटक होइन, यो भन्दा अगाडी पछिल्लो ३ पटक इए स्पोर्ट्सले गरेको भविष्यवाणी अविश्वसनीय रूपमा सफल भएको छ जब स्पेन, जर्मनी र फ्रान्सले विश्वकप जितेको थियो।
इए स्पोर्ट्स प्रसिद्ध भिडियो गेम निर्माता हो भने इए स्पोर्ट्सले फिफा शृङ्खलाको भिडियो गेम बनाउने गरेको छ र हालै मात्र रिलिज भएको फिफा २३को प्रयोग गर्दै २०२२को विश्व कप विजेताको इए स्पोर्ट्सले भविष्यवाणी गरेको थियो भने यो वर्ष अर्जेन्टिनाले जित्ने इए स्पोर्ट्सको भविष्यवाणी सफल भएको छ।
इए स्पोर्ट्सले गरेको सिमुलेशन खेलको फाइनलमा अर्जेन्टिनाले ब्राजिलको सामना गरेको थियो भने सो खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-०ले हराउँदै फाइनल खेल जितेको थियो वास्तविक संसारमा भने अर्जेन्टिनाले फ्रान्सको सामना गर्यो र पेनाल्टीमा जित हासिल गर्दै अर्जेन्टिनाले उपाधि जितेको छ।
EA Sports ran a simulation on FIFA 23 of the 2022 World Cup that has Argentina as champion. 🏆
This simulation has accurately predicted the WC champion in 2010, 2014 & 2018. 👀
It also has the USMNT going to the quarterfinals. 🤩 pic.twitter.com/3mAqZt2Ton
— CBS Sports Golazo ⚽️ (@CBSSportsGolazo) November 8, 2022
इए स्पोर्ट्सले आफ्नो गेम फिफामा रहेको सिमुलेशन अप्सनको प्रयोग गर्दै भविष्यवाणी गरेको हो भने २०१०, २०१४ र २०१८मा पनि इए स्पोर्ट्सले आफ्नो फिफा गेमको प्रयोग गर्दै विश्वकपको विजेताको भविष्यवाणी गरेको थियो र २०२२को संस्करणमा पनि इए स्पोर्ट्सको भविष्यवाणी मिलेको छ।
२०२२को विश्वकपमा मेस्सो शीर्ष गोल कर्ता हुने पनि उक्त सिमुलेशनले भविष्यवाणी गरेको थियो तर सो अवार्ड भने फ्रान्सका युवा स्टार केलियन एम्बाप्पेले जितेका छन् र मेस्सी दोस्रो भएका छन्।