लंकन प्रिमियर लिग अनिश्चित समयका लागि स्थगित

एजेन्सी, लंकन प्रिमियर लिग (एलपीएल)को दोश्रो संस्करण स्थगित हुने भएको छ। बिदेशी खेलाडीको अभावका कारण देखाउदै आयोजकले प्रतियोगिता स्थगित गर्ने निर्णयमा पुगेको हो।

रिपोर्टका अनुसार स्थगित हुनुमा विदेशी खेलाडीहरूको अभावका कारण मात्र नभइ फ्रान्चाइजहरूका मालिकहरूसँगको सम्झौता हुन नसकेको कारण रहेको बताएको छ।

यस्तै, कोलोम्बो किङ र डम्बुला भाइकिङ्स पछि जाफ्ना स्टालियन्स प्रतिबन्धित हुने पछिल्लो समयमा तेश्रो टोलि बनेको छ।

एलपीको दोस्रो संस्करण हम्बानोटामा यस अघि जुलाइ ३० देखि अगस्ट २२ सम्म आयोजना गर्ने घोषणा गरिएको थियो।