रोहित शर्मा र शिखर धवनको ५००० रनको साझेदारी पुरा

एजेन्सी, केही बर्ष देखि रोहित शर्मा र शिखर धवनको जोडिले ईन्डियालाई धेरै खेल जिताए। यी दुई ओपनर जोडि ५० ओभरको क्रिकेटमा सातौं सबैभन्दा बदि सफल जोडि भएका छन।

यी दुई ओपनर जोडिले ५००० रनको साझेदारी गरेका छन। इग्ल्यान्डबिरुद्धको खेलमा १०० रनको साझेदारी गर्दै ५००० रन पूरा गरे।

यस अघि सचिन टेन्दुल्कर र सौरभ गाङ्गुलीको साझेदारीले उक्त रेकर्ड बनाएका थिए। उनिहरुले ८२२७ रन बनाए।

सचिन र सौरभको जोडि यस सुचीमा शिष स्थानमा रहेको छ। यद्यपि , श्रीलंकन ब्याट्सम्यान कुमार सन्गाकारा र महिला जेवर्दिनेले ५९९२ रन बनाए। त्येस्तै अर्को श्रीलंकन जोडि सङकारा र दिल्सनले ५४७५ रनको साझेदारी गरे। त्यसो त अर्को श्रीलंकन ब्याट्सम्यान मार्भन अतापात्तु र जयसुर्यले ५४६२ रन जोडे।

त्येस्तै अर्को सफल जोडि अस्ट्रेलियन ओपनर एडम गिल्क्रीस्त र म्याथ्यु हेडनको नाममा रहेको छ भने डेस्मिन्ड हेञेस र गर्डन ग्रिनिद्ज रहेको छ।