रोहित चन्द इन्डोनेसिया लिगको सर्वोकृष्ट खेलाडी

नेपाली राष्ट्रिय टिमका महत्त्वपूर्ण सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जकार्ता इन्डोनेसियाको लिग वान च्याम्पियन बनेको छ ।

लिग वानको अन्तिम खेलमा रोहितको टोली पर्सिजा जकार्ताले मिट्रा कुकार फुटबल क्लबलाई २–१ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।

समूह चरणको अन्तिम खेलमा रोहितले सुरुवाती ११ बाटै खेलेका थिए । पर्सिजालाई लिग वान च्याम्पियन बनाउन रोहितले महत्वपुर्ण भुमिका खेलेका थिए । रोहित नै लिग वानको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनी गत साता सर्वोत्कृष्ट खेलाडीको मनोनयनमा परेका थिए ।