रोहित चन्दसंग अनुबन्ध सम्झौता नविकरण गर्न पर्सिजाले लियो येस्तो निर्णय

रोहित चन्द इन्डोनेसियाको लिगा वान क्लब पर्सिजा जाकार्तामै रहने भएका छन् । यस सिजन पर्सिजा जाकार्तालाई उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेका रोहितसंग क्लबले अनुबन्ध सम्झौतामा नवीकरण गर्ने जनाएको छ । इन्डोनेसियाको अनलाइन बोलास स्पोर्ट्ससंग कुरा गर्दै जाकार्ताका निर्देशक गेडे विडीयाडेले रोहितको सम्झौता नविकरण हुने बताए ।

जाकार्ताका निर्देशक विडीयाडेले रोहित क्लबको एक महत्वपूर्ण सदस्य रहेको कारण उनको नविकरण गर्ने बोलास स्पोर्ट्सलाई बताएका छन् । रोहितसंगै अन्य दुई ब्राजिलियन गरी तीन विदेशी खेलाडी क्लबले राख्ने समेत निर्देशक विडीयाडेले बताए । जाकार्तासंग रोहितको सम्झौता डिसेम्बर ३१ बाट सकिएको थियो । क्लब र रोहितबीच औपचारिक सम्झौता भने भएको छैन ।

यस सिजन निकै उत्कृष्ट प्रदर्शन गरेका रोहित लिगको ‘प्लेयर अफ दि इयर’ समेत चुनिएका थिए ।