एजेन्सी, भारतका ओपनर रोहित शर्मालाई ओडिआई क्रिकेटको कप्तानको जिम्मेवारी सुम्पिएको छ ।
विराट कोह्लिले यस अघि कप्तानी सम्हाल्दै आएको थियो । सेलेक्टरहरुले कप्तानमा शर्मालाई नियुक्त गरेका हुन ।
बुधबार बिसिसीआईले प्रेस विज्ञप्ति निकाल्दै सेलेक्टरहरुको निर्णयमा रोहित शर्मालाई कप्तानको भुमिका दिएको जानकारी गराए ।
त्यस्तै, टेस्ट क्रिकेटमा शर्माले उप-कप्तानको भुमिका निर्वाह गर्ने छन ।
अजिन्क्य राहानेको स्थानमा उनलाई उपकप्तान नियुक्त समेत गरेका छन ।
रोहितले ओडिआई संगै टि२० मा आफ्नो कप्तानी दिने छन ।