रोहितको उत्कृष्ट प्रदर्सनमा पर्सिजा जकार्ताको जित

रोहित चन्द म्यान अफ दि म्याच बनेको इन्डोनेसिया लिगा १ को खेलमा पर्सिजा जकार्ताले जित हासिल गरेको छ ।

११ खेलमा आइपुग्दा यो पर्सिजाको दोस्रो जित हो । साविक विजेताका रुपमा रहेको जाकर्ताको यो सिजन खराब प्रदर्शन रहँदै आएको छ।

पर्सिजाले मंगलबार काल्टेङ पुट्रालाई ३–० को सोझो सेटमा पराजित गरेको हो । जकार्ताको जितमा हेरी सुसान्टो, मार्को सिमिक र सान्दी सुतेले समान १ गोल गरे । पुट्राविरुद्ध पुरै समय मैदान बिताएर उच्च प्रदर्शन गरेका रोहित खेलको म्यान अफ दि म्याच बने ।

जितसँगै जकार्ताले ११ खेलबाट १२ अंक पुगेको छ । जकार्ता रेलिगेसन जोनबाट १५ औं स्थानमा उक्लेको छ ।