“रोमेलु लुकाकु लेवान्डोस्कीक र एर्लिङ हालान्डको स्तरमा छन्”

इन्टर मिलानका स्टार रोमेलु लुकाकु उही उच्च-स्तरीय स्ट्राइकर रहेको बेल्जियमका लेजेण्ड एन्जो इस्किफोको दाबी रहेको छ। २७ वर्षका स्ट्राइकर २०१७मा म्यान्चेस्टर युनाइटेडबाट इटालियन क्लब इन्टर मिलानमा आए र हाल उनको सिरी एमा निकै राम्रो प्रदर्शन रहेको छ भने उनको मद्दतमा हाल इन्टर लिगको शीर्ष स्थानमा रहेको छ।

उनको खेल हाल निकै राम्रो छ, यो सिजन उनले ४० खेलमा २७ गोल र ८ असिस्ट गरेका छन् भने बेल्जियमका लेजेण्ड एन्जो इस्किफोले उनलाई हालका अन्य स्टार स्ट्राइकरहरू सँग पनि तुलना गरे।

“उनीसँग टेकनीकको कमी र गोलको मौका खेर फ्याल्ने आरोप लगाइएको थियो, तर मलाई थाहा थियो कि उनी एक स्टार हुन् उनको शक्ति र उनको देब्रे खुट्टाको प्रयोगको कारण उनी हाल धेरै राम्रो छन्।

“उनी इटाली आएका थिए आफूलाई सुधार्नका लागि र यो उनको लागि सफल भयो, उनी एक कडा टोलीमा छन् खेलमा धेरै माग गर्ने कोचको साथ।

“मलाई उनको जस्तै निर्णायक अर्को खेलाडी देखाउनु होस्। मलाई थाहा थियो उनले सिजनमा ३० गोल गर्न सक्छन्।

“मेरो लागि, उहाँ हालान्ड, लेवान्डोस्की र बेन्जेमाको स्तरमा छन्। यदि बेल्जियमले केही पनि जित्ने छ भने, सो मा लुकाकुको योगदान हुने छ।

“उनको शक्ति जहिले पनि कठिन क्षणहरूमा कसरी प्रतिक्रिया गर्ने भनेर सक्रिय हुन्छ, उनी जहिले पनि अर्को गोल खोजीमा हुन्छन्। अब उनी शीर्ष फर्ममा छन्।”