रोमेलु लुकाकुको लागि इन्टरले £१०० मिलियनको माग गर्ने

इन्टर मिलन आउँदो गर्मीको विन्डोमा आफ्नो स्ट्राइकर रोमेलु लुकाकुलाई बेच्न तयार हुने खबर छ। डेली स्टारका अनुसार क्लबमा आर्थिक कठिनाइको कारण लुकाकुको क्लबमा उत्कृष्ट प्रदर्शन बाबजुद इन्टरले उनको लागि आएको प्रस्तावहरू सुन्ने छ।

उनको नाम धेरै ठुलो क्लबहरू सँग जोडिएको छ। म्यान सिटीले उनलाई सर्जियो अग्वेरोको विकल्पको रूपमा साइन गर्न सक्ने चर्चा छ भने चेल्सी, बार्सिलोना र पिएसजी सँग पनि उनको नाम जोडिने गरेको छ।

इन्टर मिलनले उनलाई बेच्न तयार हुने खबर छ तर उनको लागि इन्टरले £१०० मिलियनको माग गर्ने जानकारी छ। धेरै क्लबले उनलाई हलान्डको विकल्पको रूपमा हेर्ने गरेको थियो तर लुकाकुको मूल्यले अब क्लबहरूलाई उनिबाट टाढा राख्न सक्ने छ।

२७ वर्षका स्ट्राइकरको इटालीमा खेल निकै राम्रो रहेको छ। इन्टरको लागि उनले ६२ खेलमा ४२ गोल गरेका छन् र इन्टर हाल लिगको शीर्ष स्थानमा रहेको छ। उनी ८० मिलियनमा म्यान्चेस्टर युनाइटेडबाट इन्टर आएका थिए भने हाल इन्टरले उनको लागि १०० मिलियन माग्ने जानकारी छ।