सिरी एमा बह्येको रोमा र इन्टर मिलान बीचको खेल पछि हाल लुकाकूको धेरै आलोचना भएको छ। खेलको क्रम उनले बल गुमाए पछि उनि मैदानमा लडे र सो निकै नै स्पष्ट डाईभ थियो जुन उनले फाउल पाउनको लागि गरेका थिए।
बल अगाडी लाग्ने क्रममा उनले स्किल मुभ गरे तर बल डिफेन्डरले खोस्न सफल भए पछि उनले डि-बक्स बाहिर डाईभ गरे।
उनको त्यो डाईभ निकै हास्यास्पद थियो उनि र विपक्षी बीच कुनै सम्पर्क थिएन र उनि आफै लड्न पुगे। सो डाईभको भिडियो हाल सामाजिक संजालमा धेरै भाइरल हुदै गएको छ र उनको धेरै आलोचना पनि भएको छ।
Lukaku pic.twitter.com/K3vERtcRTf
— Obi Wan (@ObiWan03745229) January 10, 2021
इन्टरका फ्यानहरुले पनि उनको सो व्यवहारको आलोचना गरेका छन्। उक्त खेल भने २-२को बराबरीमा अन्त्य भएको थियो।