रोमा प्याट्रिसियो भित्र्याउने तयारीमा

एजेन्सी, इटालियन क्लब रोमाले वुल्भ्स गोलरक्षक रुइ प्याट्रिसियो अनुबन्ध गर्न वार्ता थालेका छन। स्पोर्टिङ लेस्बनका पुर्व गोलरक्षकलाई रोमाले £१० मिलियन देखि £१३ मिलियन तिर्ने बुझिएको छ।

स्काइ स्पोर्ट्सका अनुसार नवनियुक्त अनुभवी प्रशिक्षक जोसे मोरिन्होले आफ्नो टोलिलाई मुज्बुद गर्न चाहेको हो। ३३ बर्शिया गोलरक्षकको सम्झौता १ बर्ष मात्र बाकी रहेको अवस्थामा रोमा उन्लाइ भित्र्याउन प्रयासरत छन।

पोर्चुगिज किपरले वुल्भ्सका लागि १५७ खेल खेल्दा ३७ क्लिन शित राखेका छन। उन्लाइ नुनो स्यान्टोसले क्लबमा अनुबन्ध गरेका थिए।

स्यान्टोस गत सिजनको अन्तिममा क्लब छोडेका थिए। उन्को स्थानमा क्लबले पोर्चुगिज प्रशिक्षक ब्रुनो लागेलाई ल्याएका छन।