रोमाले चेल्सीका स्टार फर्वार्ड साइन गर्ने

रोमाले चेल्सीका आक्रमणकर्तालाई साइन गर्नको लागि कदम चालेको छ।

चेल्सी संग पेड्रोको हालको सम्झौता जूनमा समाप्त हुन लागेको छ र दुईको बिचको सम्झौता विस्तार नहुने संकेत आएको छ ,र रोमाले उनलाई साइन गर्न चासो देखाएको छ।

आफ्नो केहि स्टारहरु घाइते भए पछि, रोमा नयाँ खेलाडी साइन गर्न बाध्य भएको छ।

लिगमा चौथो स्थानमा रहेको रोमाको एट्लान्टाको भन्दा १ अंक मात्र कम रहेको छ र क्लबलाई पेड्रो को अनुभव एक ठूलो मद्दत हुनेछ।

पेड्रोले यस सिजनमा ब्लुजको लागि मात्र १२ पटक खेले, उनले लिग खेलमा मात्र चार पटक सुरु गरे।

अनुभवी फर्वार्डलाई सेविला र भिसेल कोबेबाट पनि प्रस्तावहरू आएको खबर छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ