रोमामाथी युभेन्ट्सको उत्कृष्ट पुनरागमन जित

सिरी ए अन्तर्गत रोमान्चक खेलमा युभेन्टसले  एएस रोमालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले रोमालाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।

खेलमा ३-१ गोलले पछि परेको युभेन्टस खेलको ७०, ७२ र ७७औ मिनेटमा लगातार ३ गोल गर्दै खेलको नतिजा आफ्नो पोल्टामा पारेको थियो ।

युभेन्टसको जितमा पाउलो डिबाला, मानुएल लोकाटेली, डेजान कुलुसेभस्की र माटिया डे स्किगलोले एक एक गोल गरेका थिए ।

त्यस्तै रोमाका लागि टामी अब्राहीम, हेनरिख मखितारायन र लोरेन्जो पेल्लेग्रिनीले एक एक गोल गरेका थिए ।

यस खेलमा खेलको ८१औ मिनेटमा युभेन्टसका माथिस डी लाइटले रातो कार्ड पाएपछि युभेन्टस १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि युभेन्टसको २१ खेलमा ३८ अंक भएको छ र लिगमा पाँचौ स्थानमा रहेको छ । त्यस्तै रोमाको भने २१ खेलमा ३२ अंक छ र लिगमा सातौ स्थानमा रहेको छ ।