रोमाबिरुद्ध क्रिस्टियानो रोनाल्डो यस्तो उत्कृष्ट हेडर गोल

क्रिस्टियानो रोनाल्डोले रोमाको बिरूद्ध युभेन्टसका लागि एक महत्वपूर्ण इक्वुलाइजर गोल गरे सो गोलको लागि उनले आफ्नो अविश्वसनीय हेडर हान्ने प्रतिभा देखाए।

आइतबार राति रोमाको घरेलु मैदानमा भएको खेलमा युभेन्टस २–२ को बराबरीमा रोकिएको थियो । दस खेलाडीमा समेटिएको युभेन्टसले पुनरागमन गर्दै खेल बराबरीमा ल्याएको हो ।

खेलको ३१ औं मिनेटमा पेनाल्टीमार्फत जोर्डन भेरेटोउटले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

खेल २-१को स्कोरमा रहेको बेला ६९ औं मिनेटमा रोनाल्डोले दोसो गोल गरे । उनले उत्कृष्ट हेडर गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि कुनै थप गोल नहुँदा दुबै टोलीले एक एक अंक बाढेका हुन् ।