रोमान्चक खेलमा वेस्टह्यामको जित

इङलिस प्रेमिएर लिग अन्तर्गत सनिबार राती भएको खेलमा वेस्टह्याम युनाइटेडले क्रीस्टल प्यालेसबिरुद्ध जित दर्ता गरेका छन् ।

क्रीस्टल प्यालेसको घरेलु मैदानमा भएको खेलमा वेस्टह्यामले ३-२ गोल अन्तरले खेल जित्यो ।

खेलको २२ औं मिनेटमा एन्टोनियोले वेस्टह्यामलाई अग्रता दिलाए । त्यसको ३ मिनेट पछि लान्जिनीले गोल गर्दै २-० बनाए ।

पहिलो हाफको अन्तिम मिनेटमा लान्जिनीले पेनाल्टी मार्फत गोल गर्दै वेस्टह्यामलाई ३-० को फराकिलो अग्रता दिलाए ।

दोस्रो हाफको ८३ औं मिनेटमा एड्वार्डोले गोल गर्दै क्रीस्टल प्यालेसलाई सान्त्वना गोल गरे ।

९० औं मिनेटमा क्रीस्टल प्यालेसका ओलिसेले गोल गर्दै ३-२ बनाए । त्यसपछि खेलमा अरु गोल हुन सकेन र खेल ३-२ मा टुंगियो ।

जितसंगै वेस्टह्याम पाचौं स्थानमा रहेको छ भने क्रीस्टल प्यालेस ११ औं स्थानमा रहेको छ ।