रोमान्चक खेलमा म्यान्चेस्टर युनाइटेड जित्न असफल

इङलिस प्रेमिएर लिग अन्तर्गत आइतबार भएको खेलमा म्यान्चेस्टर युनाइटेडले शेफिल्ड युनाइटेडसंग ३-३ को बराबरी खेलेको छ ।

खेलमा शेफिल्ड युनाइटेडले १९ औं मिनेटमा फ्लेकको गोलबाट अग्रता लियो ।

दोस्रो हाफको ५२ औं मिनेटमा मौसेटले गोल गर्दै शेफिल्डलाइ २-० को अग्रता दिलायो ।

७२ औं मिनेटमा म्यान्चेस्टर युनाइटेडका विलिएमसले गोल गर्दै खेल २-१ मा ल्यायो ।

७७ औं मिनेटमा युनाइटेडका ग्रीन्वुडले मैदान छिरेको ४ मिनेट नबित्दै गोल गर्दै खेल २-२ को बराबरीमा ल्यायो ।

७९ औं मिनेटमा म्यान्चेस्टर युनाइटेडले पुनरागमन गर्दै मार्कोस रास्फोडको गोलमा ३-२ को अग्रता लिन सफल भयो ।

खेलको ९० औं मिनेटमा शेफिल्डका मेकबुर्निइले म्यान्चेस्टर युनाइटेडको खराब डिफेन्सको फाइदा उठाउदै गोल गरे र खेल ३-३ को बराबरीमा सकियो ।

बराबरीसंगै म्यान्चेस्टर युनाइटेड ९ औं स्थानमा छ भने शेफिल्ड युनाइटेड छैठौं स्थानमा रहेको छ ।