आज देखि रोमान्चक अन्तर्राष्ट्रिय खेलहरू हुँदै, हेर्नुहोस नेपाली समयमा

आजबाट अन्तर्राष्ट्रिय खेलहरू सुरु हुँदैछन् । दुई सातासम्म अन्तर्राष्ट्रिय खेलहरू हुँदा युरोपियन क्षेत्रमा युरो कप छनौट खेलहरू हुनेछन् भने अन्य देशले मैत्रीपूर्ण खेलहरू खेल्नेछन् ।

यस बीचमा युरो कप छनौट र मैत्रीपूर्ण खेलमा केही ठूला टिमका महत्त्वपूर्ण खेलहरू हुँदैछन् । ती खेलहरू फुटबलप्रेमीका लागि प्रतीक्षाका खेल हुनेछन् । विश्व फुटबलका सदाबहार देशहरूका रोमाञ्चक खेलले अन्तर्राष्ट्रिय ब्रेकलाई रोमाञ्चक बनाउने पक्का छ ।

यसबीचमा लिओनल मेस्सी अर्जेन्टिनी टोलीमा हुनेछैनन् । उनी चोटका साथै अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्धमा रहेकाले उनी टोलीमा हुनेछैनन् । यता, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो भने पोर्चुगलको टोलीमा पुगेर प्रशिक्षण गरिरहेका छन् । युरो कप छनौटमा उनले पोर्चुगलको कप्तानी गर्नेछन् ।

यता, फ्रेन्च स्टार एन्टोनी ग्रीजम्यान, केलियन एमबाप्पे, ब्राजिलका नेइमार, इंग्ल्यान्डका ह्यारी केनलगायत स्टार खेलाडीहरूलाई अन्तर्राष्ट्रिय मैदानमा हेर्न पाइनेछ । उरुग्वेका लुइस स्वारेज चोटका कारण टोलीमा हुनेछैनन् । यता, बेल्जियमका इडेन हाजार्ड पनि चोटकै कारण युरो कपमा हुनेछैनन् । केही महत्त्वपूर्ण खेल तालिका नेपाली समयमा हेर्नुहोस:

युरो कप छनौटमा :

आज अर्मेनिया भर्सेस इटाली – राति ९ : ४५ बजे

रोमानिया भर्सेस स्पेन – शुक्रबार, बिहान राति १२ः३० बजे

स्लोभाकिया भर्सेस क्रोएसिया – शनिबार, बिहान राति १२ः३० बजे

वेल्स भर्सेस अजरबैजान – शनिबार, बिहान राति १२ः३० बजे

जर्मनी भर्सेस नेदरल्यान्ड्स – शनिबार, बिहान राति १२ः३० बजे

सान मारिनो भर्सेस बेल्जियम – शनिबार, बिहान राति १२ः३० बजे

इंग्ल्यान्ड भर्सेस बुल्गेरिया – शनिबार, राति ९ः४५ बजे

सर्बिया भर्सेस पोर्चुगल – आइतबार, बिहान राति १२ः३० बजे

फ्रान्स भर्सेस अल्बानिया – आइतबार, बिहान राति १२ः३० बजे

त्यसै गरि मैत्रीपूर्ण खेल अन्तर्गत :

अर्जेन्टिना भर्सेस चिली – शुक्रबार, बिहान ७ः४५ बजे
कोस्टा रिका भर्सेस उरुग्वे – शनिबार, बिहान ५ः४५ बजे
ब्राजिल भर्सेस कोलम्बिया – शनिबार, बिहान ६ः१५ बजे