रोमाञ्चक खेलमा वेस्ट ह्यामद्वारा चेल्सी पराजित

एजेन्सी, प्रेमियर लिग अन्तर्गत चेल्सी र वेस्ट ह्याम बीचको खेलमा चेल्सी पराजित भएका छन्। नेपाली समय अनुसार डिसेम्बर ४ शनिबार साझ ६:१५ मा शुरु भएको उक्त खेलमा चेल्सी ३-२ ले पराजित भएका हुन्।

पहिलो हाफको २८ औ मिनेटमा मेसन माउन्टको पासमा चेल्सीका थियागो सिल्भाले गोल गरि चेल्सीलाई शुरुवाती अग्रता दिलाए। खेलको ४० औ मिनेटमा वेस्ट ह्यामका लान्जिनीले पेनाल्टी मार्फत गोल गरि खेल १-१ को बराबरीमा ल्याए।
खेलको ४४ औ मिनेटमा हकिम जिएचको पासमा चेल्सीका मेसन माउन्टले गोल गरि चेल्सीलाई २-१ को अग्रता दिलाउन सफल भए।

दोस्रो हाफको ५६ औ मिनेटमा भ्लादामिर कुफलको पासमा वेस्ट ह्यामका जारोड बोवेनले गोल गरि खेल २-२ को बराबरीमा ल्याए। खेलको ८७ औ मिनेटमा वेस्ट ह्यामका मिखाइल एन्टोनियोको पासमा आर्थर मासुअकुले विजयी गोल गरि उक्त खेलमा वेस्ट ह्यामको जित सुनिश्चित गरे।