रोमाञ्चक खेलमा लिभरपुल पेनाल्टीका विजय

एजेन्सी । लिभरपुलले लिग कप फुटबलको अन्तिम चारमा स्थान बनाएको छ। इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा रहेको लिभरपुलले लेस्टर सिटीलाई पेनल्टी सुटआउटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।

हाइस्कोरिङ बराबरी भएको खेलमा लिभरपुल लेस्टर सिटी विरुद्ध पेनल्टी सुटआउटभा भाग्यमानि सावित भयो। निर्धारित समय ३-३ गोलको बराबरी भएपछि खेलको निर्णय पेनल्टीसुटआउटबाट लिएको थियो।

जहाँ पेनाल्टी सुटआउटमा लिभरपुलले ५-४ ले खेल आफ्नो पक्षमा पार्यो । त्यसअघि लेस्टर सिटीले पहिलो हाफमानै गरेको ३-१ को अग्रता जोगाउन नसक्दा लिभरपुलले नाटकीय बराबरी गर्दे खेल आफ्नो पक्षमा पारेको थियो।

लिभरपुलले अतिरिक्त समयमा गोल गर्दै खेल बराबरीमा ल्याएको थियो। पहिलो हाफमानै लेस्टरका लागि जेमी भर्डीले ९ र १३ मिनेटमा गोल गर्दे टीमलाई २-० को अवस्थामा पुर्या एका थिए।

तर १९ औ मिनेटमा अक्सलेड चाम्बरलेइनले लिभरपुललाई खेलमा फर्काए तर पहिलो हाफमानै ३-१ को नतिजामा पुर्याेउने क्रममा लेस्टरका म्याडिसनले ३३ औ मिनेटमा तेस्रो गोल गरेका थिए।

यद्धपि दोस्रो हाफमा नाटकिय पुनरागमन गरेको लिभरपुलले अतिरिक्त समयमा बराबरी गर्दै खेल आफ्नो पक्षमा पार्योल। ६८ औ मिनेटमा जोताले दोस्रो गोल गर्दा मिनामिनोले अतिरिक्त समयको पाँचौ मिनेटमा बराबरी गोल गर्दै लेस्टरलाई स्तब्ध पारेका थिए।