रोमाञ्चक खेलमा बार्सिलोनाले आर्सनललाई हरायो

स्पेनिस क्लव बार्सिलोनाले इंग्लिस टिम आर्सनललाई हराउँन सफल भएको छ।

आइतबार राति सम्पन्न रोमांचक खेलमा आर्सनललाई २-१ ले हराएर बार्साले उपाधि जितेको हो। यो जितसँगै बार्सा ग्याम्पर ट्रफीको विजेता बने।

खेलमा अग्रता भने आर्सनलले लिएको थियो। ३७ औं मिनेटमा आउबामेयाङले गोल गर्दै १-० को अग्रता दिलाए। तर बार्साले ६९ औं मिनेटमा उपहार गोल पायो। आर्सनलका निलेसले बक्सभित्र आफ्नो किपरलाई दिएको ब्याक पास पोस्टमा छिरेपछि खेल १-१ गोलको बराबरीमा पुग्यो।

त्यसपछि बार्सिलोनाका लागि लुइस स्वारेजले विजयी गोल गरे। खेलको अन्तिम मिनेटमा गोल गदै बार्सिलोनाले खेल २-१ आफ्नो पोल्तामा पारे।