रोमाञ्चक खेलमा कोरिया माथि घानाको जित

फिफा विश्व कपमा सोमबार भएको खेलमा घानाले कोरिया माथि ३-२को जित हासिल गरेको छ।

एजुकेसन सिटी स्टेडियममा भएको निकै रोमाञ्चक खेलमा घानाले कोरिया माथि ३-२को जित हासिल गरेको हो। पहिलो हाफमा दुई गोल खाएको कोरियाले दोस्रो हाफमा दुई गोल गर्दै खेल बराबरी गरे पनि ६८औँ मिनेटमा घानाले फेरी गोल गर्दै जित हासिल गरेको हो।

खेलको २४ औँ मिनेटमा घानाका मोहम्मद सालिसुले गोल गर्दै घानालाई अग्रता दिलाएका थिए भने ३४ मिनेटमा मोहम्मद कुदुसले गोल गर्दै घानाको अग्रता दोब्बर गरेको थियो भने घानाले पहिलो हाफमै कोरिया विरुद्ध २-०को अग्रता बनाएको थियो।

दोस्रो हाफमा भने कोरियाले दुई गोल गर्दै खेल बराबरीमा लागेको थियो। दोस्रो हाफको ५८ औँ मिनेटमा कोरियाका चो गुए-संगले गोल गर्दै खेलाई १-२को स्कोरमा लागे भने उक्त गोलको ३ मिनेट पछिनै चो गुए-संगले फेरी गोल गर्दै खेल बराबरीमा लगे।

खेलको ६८औँ मिनेटमा मोहम्मद कुदुसले आफ्नो दोस्रो गोल गर्दै खेलमा घानालाई फेरी अग्रता दिलाए भने उक्त गोल घानाको जितको लागि पर्याप्त रह्यो। तेस्रो गोल खाए पछि कोरियाले घानालाई दबाबमा राखे पनि कोरिया थप गोल गर्न भने असफल रह्यो

उक्त खेल पछि घाना ग्रुप एसको दोस्रो स्थानमा पुगेको छ भने १ अंकको साथ कोरिया ग्रुपको पुछारमा रहेको छ। अब कोरियाले पोर्चुगल विरुद्ध खेल्ने छ भने घानाले उरुग्वे सँग खेल्न बाँकी रहेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ