रोब्बेनद्वारा दोश्रो पटक संन्यासको घोषणा

एजेन्सी, बायर्न म्युनिख तथा नेदरल्यान्डका पुर्व विङ्गर आर्जेन रोब्बेनले दोश्रो पटक संन्यासको घोषणा गरेको छ। एफसी ग्रोनिङेनबाट खेल्दै आएका रोब्बेनले खेल जिवनबाट बिदा भएको हो।

२०१९ सिजन सकिए लगतै उनले संन्यास लिएका थिए। करिब एक बर्ष पछि उनी नेदरल्यान्डका क्लब एफसी ग्रोनिङेनबाट खेल जिवनमा फर्केका थिए।

ग्रोनिङेनबाटै व्यावसायिक खेल जीवन सुरु गरेका रोब्बेन पिएसभी, चेल्सी, रियल म्याड्रिड, बायर्न म्युनिख हुँदै पुर्ण ग्रोनिङेनमा फर्केका थिए।

बायर्नमा १० बर्ष बिताएका रोब्बेनले २०१ खेलमा ९९ गोल गरेका थिए। त्येस्तै, नेदरल्यान्डका लागि भने उनले २०१७ मै संन्यास लिइसकेका छन।

नेदरल्यान्डबाट उनले ९६ खेलमा ३७ गोल गरेका छन।