रोबर्ट लेवान्डोस्की बायर्न म्युनिख छोड्न इच्छुक

बायर्न म्युनिखका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्की क्लब छोड्न इच्छुक रहेको खबर छ। हाल खबर अनुसार लेवान्डोस्की नयाँ चुनौतीको लागि इच्छुक छन् र अन्य युरोपियन क्लबमा जान उनी खुल्ला हुने छन्।

स्टार स्ट्राइकर र बायर्न म्युनिख बिच २०२३ सम्मको सम्झौता रहे पनि लेवान्डोस्की क्लब छोड्न तयार हुने जानकारी छ। ट्रान्सफर विन्डोको सुरुमा उनले क्लब छोड्न सक्ने धेरै चर्चा थियो र क्लब र लेवान्डोस्कीका एजेन्ट बिच खेलाडीको तलब बारे विवाद भएको खबर थियो भने लेवान्डोस्कीले बायर्न सँग सम्झौता विस्तार गरेका थिएनन् र हाल आफू नयाँ चुनौतीको खोजी हुने भनेर लेवान्डोस्कीले पुष्टि गरेका छन्।

३२ वर्षका लेवान्डोस्की हाल युरोपको सबैभन्दा उत्कृष्ट स्ट्राइकर मध्ये एक हुन् र उनको अवस्थामा हाल धेरै क्लबको नजर रहेको जानकारी छ। बायर्नमा उनको निकै उत्कृष्ट गोल रेकर्ड रहेको छ भने धेरै क्लब उनलाई भित्राउन इच्छुक हुने छ।

हाल उनको नाम प्रिमियर लिग क्लबहरू सँग जोडिएको छ। खबर अनुसार प्रिमियर लिग म्यानचेस्टर युनाइटेड र लिभरपुलको नजर उनी माथि रहेको छ।

रोबर्ट लेवान्डोस्कीको लागि बायर्न म्युनिखले £१०० मिलियन भन्दा धेरै माग्ने खबर छ। यो वर्ष उनले क्लब छोड्ने पक्का नरहे पनि उनले क्लब छोड्न प्रयास गर्ने खबर छ।