बायर्न म्युनिखका सुपरस्टार रोबर्ट लेवान्डोस्की प्रिमियर लिगमा खेल्न इच्छुक हुने द एथलेटिकको रिपोर्ट रहेको छ। ३३ वर्षीय स्टार स्ट्राइकरको उत्कृष्ट फम अझै जारी रहेको छ। २०२१-२२ सिजनमा जर्मन च्याम्पियनका लागि सबै प्रतियोगितामा १७ खेलमा २३ पटक गोल गर्दै उनी हाल पनि उत्कृष्ट लयमा रहेका छन् ।
Robert Lewandowski ‘quizzed Matty Cash about Premier League’ amid transfer linkshttps://t.co/kvYyBmdVZy pic.twitter.com/noJ7MtR4E1
— Mirror Football (@MirrorFootball) November 18, 2021
हाल अर्को सिजन उनले बायर्न छोड्ने धेरै चर्चा रहेको छ भने उनी नयाँ चुनौतीको खोजीमा हुने चर्चा हुँदै गर्दा उनी प्रिमियर लिगमा खेल्न इच्छुक रहेको रिपोर्ट आएको छ।
द एथलेटिकका अनुसार, लेवान्डोस्कीले एस्टोन भिल्लाका पोलिस डिफेन्डर म्याती क्याससँग इङ्गल्यान्डको शीर्ष लिगको बारेमा कुरा गर्न चाहन्थे जब दुईको अन्तर्राष्ट्रिय ड्यूटीमा भेट भयो।
Robert Lewandowski ‘asked Aston Villa star about Premier League’ as he hunts transferhttps://t.co/MNzfySr4OV pic.twitter.com/Xlzs0vvQgq
— Daily Star Sport (@DailyStar_Sport) November 17, 2021
म्यानचेस्टर युनाइटेड, चेल्सी, म्यानचेस्टर सिटी र लिभरपुल सबैको नाम उनी सँग जोडिएको छ। म्यान सिटी उनको गन्तव्य हुन सक्ने धेरै चर्चा छ भने अगुएरोको विकल्पको रुपमा लेवान्डोस्कीलाई साइन गर्न पेप धेरै इच्छुक रहेको जानकारी छ।
लेवान्डोस्कीले जुलाई २०१४ मा बोरुसिया डर्टमन्डबाट बायर्नमा ट्रान्सफर भए देखि बायर्नका लागि उनले ३४६ खेलमा ३१७ गोल गरेका छन् भने ६७ असिस्ट पनि गरेका छन्।