रोबर्ट लेवान्डोस्की प्रिमियर लिगमा खेल्न सक्ने

हाल बायर्न म्युनिखका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले क्लब छोड्न सक्ने धेरै चर्चा रहेको छ। उनको एजेन्टले उनी नयाँ क्लबमा जान खुल्ला रहेको बताए पछि धेरै क्लबहरूले उनी माथि आफ्नो नजर राख्न सुरु गरेको छ।

बायर्न र लेवान्डोस्की बिचको सम्झौता २०२२ सम्म रहे पनि हाल उनले क्लब छोड्न सक्ने चर्चा रहेको छ। हाल खबर अनुसार लेवान्डोस्कीका एजेन्ट र क्लब बिच खेलाडीको तलब बारे विवाद भएको छ र लेवान्डोस्कीले बायर्न सँग सम्झौता विस्तार गरेका छैनन्।

३२ वर्षका लेवान्डोस्की हाल युरोपको सबैभन्दा उत्कृष्ट स्ट्राइकर मध्ये एक हुन् र उनको अवस्थामा हाल धेरै क्लबको नजर रहेको जानकारी छ।

हाल उनको नाम प्रिमियर लिग क्लबहरू सँग जोडिएको छ। खबर अनुसार प्रिमियर लिग म्यानचेस्टर युनाइटेड र चेल्सीको नजर उनी माथि रहेको छ।

उनको नाम रियल म्याड्रिड सँग पनि जोडिए पनि चेल्सी र युनाइटेड उनलाई साइन गर्न धेरै इच्छुक हुने जानकारी छ। ३२ वर्षका स्ट्राइकरको यो सिजन ३७ खेलमा ४३ गोल रहेको छ। बायर्न उनलाई गुमाउन इच्छुक नरहेको पनि कुरा छ भने उनलाई फ्री एजेन्ट रूपमा गुमाउन पनि बायर्नलाई ठुलो घाटा हुने छ जसको कारण उनलाई बेच्न परे बायर्नले €६० मिलियन सम्मको माग गर्न सक्ने खबर छ।