रोबर्ट लेवान्डोस्की इतिहास रच्न सफल

एजेन्सी, बायन म्युनिखका खेलाडी रोबर्ट लेवान्डोस्कीले नयाँ इतिहास रचेका छन्। उनी एकै बुन्डेस्लिगा सिजनमा सर्वाधिक गोल गर्ने खेलाडी बन्न सफल भएका हुन्। अग्स्बर्गसगँको खेलमा उनले अन्तिम ९० मिनेटमा गोल गरि सो इतिहास बनाएका हुन्। सो खेल ५-२को अन्तरले बायन म्युनिखले जित्न सफल भएको थियो।

उनले यो सिजनको सबै खेलमा कुल ४१ गोल गरि सन् १९७१/७२ सिजनमा जर्ड मुलरले रखेको ४० गोलको कीर्तिमान तोड्न सफल भएका हुन्।उन्ले यो बुन्डेस्लिगामा सिजनमा २९ खेल मात्र खेलेका छन्।
सन् २०१४ मा बोरुसिया डोर्टमण्डबाट बायन म्युनिखमा अनुबन्धित भए देखि बायनका लागि उनले ३२९ खेलमा २९४ गोल गरि सकेका छन्। उनी फ्री ट्रान्सफरमा बायनमा अनुबन्धित भएका थिए।

३२ वर्षका पोलिस खेलाडी लेवान्डोस्कीले पोल्यान्डका लागि पनि ११८ खेलमा ६६ गोल गरि सकेका छन्।बुन्डेस्लिगामा १८ वटा टिम हुने भएकोले एक सिजनमा एउटा टिमले ३४ खेल खेल्ने गर्दछ। युरोपका अरु ठुला लिगहरुमा भने प्राय २० टिम हुन्छन् र एक सिजनमा एउटा टिमले ३८ वटा खेल खेल्ने गर्दछन।