रोबर्ट लेवान्डोस्कीले रचे नयाँ इतिहास

एजेन्सी, बायन म्युनिखका खेलाडी रोबर्ट लेवान्डोस्कीले नयाँ इतिहास रचेका छन्। उनी एकै बुन्डेस्लिगा सिजनमा सर्वाधिक गोल गर्ने दोश्रो खेलाडी बन्न सफल भएका छन्। फ्रेइबर्ग सगँको खेलमा उनले पेनाल्टीमा गोल गरि सो इतिहास बनाएका हुन्। सो खेल २-२को बराबरिमा टुंगिएको थियो।

उनले सन् १९७१/७२ सिजनमा जर्ड मुलरले रखेको ४० गोलको कीर्तिमान सगँ बराबरि गर्न सफल भएका हुन्। सन् २०१४ मा बोरुसिया डोर्टमण्डबाट बायन म्युनिखमा अनुबन्धित भए देखि बायनका लागि उनले ३२८ खेलमा २९३ गोल गरि सकेका छन्। उनी फ्री ट्रान्सफरमा बायनमा अनुबन्धित भएका थिए।
३२ वर्षका पोलिस खेलाडी लेवान्डोस्कीले पोल्यान्डका लागि पनि ११८ खेलमा ६६ गोल गरि सकेका छन् । बायन म्युनिखले यो सिजन एक खेल खेल्न बाकी नै छ। नेपाली समय अनुसार मे २२ साँझ ७:१५ मा हुने उक्त खेलमा उन्ले गोल गरे उनी एक बुन्डेस्लिगा सिजनमा सर्वाधिक गोल गर्ने खेलाडी बन्न सफल हुनेछन्।