रोबर्ट लेवान्डोस्कीले बायर्न म्युनिख छोड्न सक्ने

बायर्न म्युनिखका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले क्लब छोड्न सक्ने चर्चा रहेको छ। हाल खबर अनुसार लेवान्डोस्कीका एजेन्टले लेवान्डोस्की अन्य ठुलो युरोपियन क्लब जान खुल्ला रहेको भनेर दाबी गरेका छन् र प्रस्तावहरूलाई स्वागत गर्ने खबर छ।

स्टार स्ट्राइकर र बायर्न म्युनिख बिच २०२३ सम्मको सम्झौता रहेको छ र हाल लेवान्डोस्कीको एजेन्टको कारण उनी माथि अन्य क्लबहरूको चासो आउन सुरु भएको छ। रियल म्याड्रिड उनलाई साइन गर्न इच्छुक हुन सक्ने पनि चर्चा छ। २०१०मा पनि रियलले उनलाई साइन गर्ने प्रयास गरेको थियो र सफल हुन सकेको थिएन।

बायर्नले हालान्डलाई गर्न सक्ने कारणले पनि रोबर्ट लेवान्डोस्की क्लब छोड्ने प्रयास गरेको धेरै चर्चा हुँदै गएको छ तर बायर्नले सो कुरा बारे केही स्पष्ट गरेको छैन।

रोबर्ट लेवान्डोस्कीको लागि बायर्न म्युनिखले कति रकम माग्ने कुरा पनि खुलेको छैन भने हाल उनले क्लब छोड्न सक्ने चर्चा धेरै हुँदै गएको छ।