“रोबर्ट लिवान्डोस्की नेमार र एम्बाप्पे भन्दा ‘क्लिनिकल’ छन्”

बायर्न म्युनिखका एरिक मैक्सिम चौपो-मोटिंगका अनुसार उनको नयाँ टिम मेट रोबर्ट लिवान्डोस्की विश्वका सर्वश्रेष्ठ फिनिशर हुन्। उनले दाबी गरे कि आफ्नो पुर्व क्लब पेरिसका सेन्ट-जर्मेनका टिम-मेट एम्बाप्पे र नेमारभन्दा रोबर्ट लिवान्डोस्की धेरै ‘क्लिनिकल’ छन्।

एरिक मैक्सिम चौपो-मोटिंग पिएसजीबाट बायर्नमा आएका थिए र उनि आफ्नो नयाँ टिम मेट संग धेरै प्रभावित देखिन्छन्। “जब सहज रुपमा गोल गर्ने क्षमताको कुरा आउँछ, लिवान्डोस्की हाल एक नम्बरमा छन्”- मोटिंगले स्पोर्टबिल्डलाई भने। “आश्चर्यजनक कुरा हो उनले कति पटक स्कोर गर्छन। यो भाग्यको कुरा होइन, यो सीप हो।

“उनलाई सही रूपमा बर्षको युरोपको उत्कृष्ट फुटबलरको नाम दिइएको छ। म उनीबाट धेरै कुरा सिक्न सक्छु: उनले कसरी बललाई नियन्त्रणमा राख्छन् र विभिन्न प्रकारका शटहरू कसरी हान्ने गर्छन। मैले तुरुन्तै यहाँ राम्रो सम्बन्ध बनाएको छु।”