रोबर्टो कार्लोसको त्यो फ्री किक गोल जसले वैज्ञानिकहरूलाई पनि चकित गरेको थियो

२४ वर्ष अगाडी फ्रान्स र ब्राजिल बिचको मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिलका स्टार रोबर्टो कार्लोसले निकै अनौठो गोल गरे।

४० यार्डबाट उनले फ्री किक मार्फत निकै उत्कृष्ट गोल गरे जसलाई फ्यानहरूले अझै पनि भुल्न सकेको छैन। फ्री किकमा उनको प्रहार अविश्वसनीय रुपमा कर्भ रहेको थियो जसले फ्रान्सका फ्री किक वाललाई बेकार बनाएको थियो।

उनको सो प्रहार रोक्न गोलकिपर फेबियन बार्थेज प्रयास पनि गर्न सकेनन्। उनको त्यो फ्री किकले फ्यानहरू चकित थिए भने वैज्ञानिकहरू पनि बलको चालबाट चकित हुन पुगेका थिए र उनको सो फ्री किक ’bout धेरै अध्ययन पनि भएको थियो।

आफ्नो सो गोल’bout उनले फोर-फोर-टु सँग २०१५को एक अन्तर्वार्तामा बोलेका थिए।

“म सधैँ फ्री किकहरूमा बलको भल्भमा प्रहार गर्ने गर्छु किन कि त्यो बलको सब भन्दा कडा हिस्सा हो र त्यहाँ प्रहार गर्दा थप शक्तिशाली प्रहार हुन्छ,” डिफेन्डरले २०१५मा भने।

“म जहिले पनि बललाई यसको तल्लो-बायाँबाट माथि-दायाँमा प्रहार गर्ने गर्छु, जसले बललाई कर्भ गर्न मद्दत गर्दछ,” उनले बताए।

उनले सो गोलको लागि आफ्नो निशानामा पोस्टमा नराखेको दाबी गरे उनले गोल पोस्टको छेउको होर्डिङ बोर्डमा आफ्नो निशाना राखेर प्रहार गरेको उनले खुलाए।